सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम थियो ।

तेजाबी सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार