मानव बेचविखन मुद्दामा फरार आरोपी पक्राउ

काठमाडौँ– मानव बेचविखन मुद्दामा फरार आरोपीलाई प्रहरीले धनुषाको जनकपुर उप–महानगरपालिका–४ स्थित भैरव चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको किसननगर घर भएका विनोद सहनी छन् । २०६७ साउनदेखि फरार भएका सहनीलाई प्रहरीले १२ वर्षपछि नियन्त्रणमा लिएन सफल भएको छ ।

भारत लगेर नेपाली किशोरीलाई बेचेको आरोपमा उनीविरुद्ध अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले  बताए । आरोपी बारे अदालतबाट ५ दिनको म्याद लिएर उनीबारे धनुषा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार