नेपाललाई फाइनल पुर्‍याउन नसके राजीनामा दिन्छु : प्रशिक्षक केसी

काठमाडौँ– नेपाली यू–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिपको फाइनल प्रवेश गर्न नसकेमा आफूले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले बंगलादेश विरुद्धको खेलमा जित निकाल्न नसके आफै राजीनामा दिने बताए ।

‘सबै जनालाई धन्यवाद, टोलीलाई सपोर्ट गर्नु भएकोमा । खेलाडीहरुमा अनुभवको कमी छ तर क्षमता पनि त्यत्तिकै छ । आज सबै हजुरहरुलाई खुशी दिन नसकेकोमा धेरै दुःखी छौ । खेलाडी र एन्फालाई दोष नदिउँ । यो मेरो गल्ती हो । मसँग टोलीलाई हारबाट माथि उठाउन दुई दिनको समय छ । अन्यथा म पद छोड्ने छु । म फुटबल जीवनबाट अलग हुनेछु । म मेरो फाइदाको लागि फुटबल डुबाउन सक्दिन । धन्यवाद,’ केसीले लेखेका छन् ।

नेपालले साफ च्याम्पियनसिप अन्तर्गत भारत विरुद्धको खेलमा ८–० गोलको हार व्यहोरेको थियो । उक्त हारपछि उनले खेलाडीहरु र एन्फालाई दोष नदिन पनि आग्रह गरेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार