पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने नजिकै लेदोसहितको पहिरो खसेपछि सडकअवरुद्ध भएको हो।

बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो निरन्तर खसिरहेका कारण पहिरो पन्छाउने कार्यमा पनि अवरोध भएको छ ।

चितवनमा आइतबारदेखि नै भारी वर्षा भइरहेको छ । शक्तिखोर लगायतका ठाउँमा वर्षाले चेतावनीको तह नै पार गरेको छ । सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार