संसदीय समितिलाई जनार्दन शर्माको कल डिटेल हेर्न नदिएकोमा ओलीको आक्रोश

'सत्तारूढ दलका सांसदका कारण छानबिन निष्पक्ष नभएकाे आरोप'

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

खिर खाने दिनको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारूढ दलका सांसदहरूले नै कल डिटेल हेर्न नदिएको बताए ।

‘ अहिले सीसीटीभी राख्दा त फुटेज गायब । आजकालको जमानामा कल डिटेल हुन्छ । तर, हेर्न नपाइने । कल डिटेल हेर्न चाहिँ पाइँदैन, लजा । अब उबेला त न कल डिटेल, न फुटेज । न मोबाइल, न क्यामेरा, न फोटो । उबेला चोरी पत्ता लगाउनु पर्‍यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार