काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा स्वदेश फर्केकी छन्।
भारतमा उपचार गराएर आरजु आइतबार स्वदेश फर्किएकी छन्। आरजुको भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो।आरजु गत असार २६ गते उपचारका लागि भारत गएकी थिइन्।
असार अन्तिम साता भारत भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आरजुबीच दूतावासमा पनि भेटवार्ता भएको थियो। आरजुले भारतमा विभिन्न नेताहरुसँग समेत भेट गरेकी थिइन् ।