आगामी निर्वाचनपछि स्वतन्त्र पार्टीकाे सरकार : रवि लामिछाने
'घरमै बसेर गमलामा पानी हाल्न शीर्ष नेतालाई सुझाव'
राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय संयोजक रवि लामिछानेले आगामी निर्वाचनबाट स्वतन्त्र पार्टीले बहुमतको सरकार, अर्को पटक दुई तिहाईको बहुमत ल्याउने अपेक्षा राखेको बताए। आइतबार महेन्द्रनगरमा पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘केही नेताले सिङ्गो जिवन देश दोहनमै खर्चिए। पिण्डखाने उमेरमा केही नेता राष्ट्रपती बनाई दिए हुन्थ्यो, भन्दै हिडेका छन, अब देशविकासको ठेक्का नलिनुहोस, घरमै बसेर गमलामा पानी हाल्नुहोस्।’
रविले देशको नेतृत्व गर्न पाए बेथितिको चङ्गुलबाट देशलाई मुक्त गराउने दाबी गरेका छन्। आइतबार महेन्द्रनगरमा पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले अन्याय र बेथितिविरुद्ध जहिले पनि बोलि रहने बताए।
उनले भने, ‘जनताका समस्या समाधानका लागि लाग्ने पार्टीको संकल्प छ। संकल्पअनुरूप कार्य गर्न कटिवद्ध छु।’
सिद्धान्त राम्रो भएका दलहरुले जनताको समस्याबारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जिवन परिर्वतन गर्ने उनले बताए।