काठमाडाैँ- सरकारले संघीय संसद्मा दर्ता गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै त्यसविरुद्ध द्वन्द्व पीडितहरूले धर्ना दिएका छन् ।
आइतबार काठमाडौंस्थित माइतीघर मण्डलमा नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले नेपाल सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक तत्काल संशोधन गर्न माग गर्दै धर्ना दिएका हुन् ।
दण्डहीनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य नभएको भन्दै द्वन्द्विपीडितहरूले विधेयकमा भएका त्रुटिपूर्ण प्रावधानहरू खारेज गर्न माग गर्दै धर्ना दिएका हुन् ।