काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलका लागि निर्मलराज काफ्लेलाई नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्।
राष्ट्रपति कार्यलयले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले काफ्लेलाई राजदूतमा नियुक्त गरेकी हुन्।