काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएको भन्दै पीडितहरुले सहकारी विभागमा उजुरी दिएका छन् ।
आइतबार बिभागमा भेला भएर उनीहरुले सामूहिक रुपमा उजुरी दिएका हुन् । सञ्चालकहरुले सात दिनका लागि कार्यालय बन्द गर्ने भनिएतापनि सवै फरार रहेको र बचतकर्ताहरुको रकम फिर्ता नगरेको पीडितहको भनाई छ ।
बचतकर्ताहरुको करिव साढे ५ अर्व रुपैया हिनामिना भएकै कारण उजुरी दर्ता गरिएको पीडित विजय कुमार रञ्जीतले बताएका छन् । आफुहरुले प्रमाणसमेत राखेर उजुरी गरेको भन्दै बिभागले न्याय गर्ने उनको भनाई छ ।
सञ्चालकहरु फरार भएपपछि अहिले सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको पीडितहरुले बताएका छन् । सहभागी बिभागले बिभागको चल अचल सम्पती रोका गर्न अनुरोध गरेर प्रहरी अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भइसकेको जनाएको छ ।