स्कुल बस मापसे गरेर चलाएपछि दर्जनौ चालक कारबाहीमा

स्कूल बसका सवारी चालकले पनि मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको चेकजाँचका क्रममा स्कूल बसका चालकले मापसे गरेरै बस चलाउने गरेको पाइएको हो।

आइतबार मात्रै ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका करिब डेढ स्कूल बस र तिनका चालकलाई कारबाही गरेको छ।स्कूल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने १६ वटा स्कूल बसलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

स्कूलका सवारी साधनलाई सचेत गराउने अभियानअन्तर्गत आइतबार बिहान उक्त संख्यामा स्कूल बसमाथि कारबाही गरिएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार