माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो ।

अर्को बैठकको समय भने तोकिएको छैन । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि बैठक राखिने बताइएको छ ।

यसअघि दुई पटक बसिसकेको स्थायी समिति बैठकबाट पोलिटब्युरो र स्थायी समितिलाई पूर्णता दिने, केन्द्रीय विभाग गठन गर्नेलगायतका एजेन्डामा छलफल भए पनि कुनै निर्णय भएको थिएन ।

आजको बैठकबाट ती सबै एजेन्डामा निर्णय हुने नेताहरूले बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार