काठमाडौं । केन्याले नेपालसँग सिरिज खेल्न प्रस्ताव गरेको छ । केन्याले अगस्टको चौथो साता सिरिज खेल्न प्रस्ताव गरेको नेपाल क्रिकेट संत्र(क्यान)ले जनाएको छ ।
बर्षायाम भएका कारण नेपालमा खेल हुन नसक्ने भन्दै क्यानले यसका लागि केन्यासँग थप छलफल आवश्यक रहेको बताएको छ ।
नेपालले सिरिज खेल्ने कि नखेल्ने भन्नेबारे भने लण्डनमा रहेका अध्यक्ष र कार्यकारी सचिव नेपाल फर्किएपछि मात्र निर्णय हुनेछ । सिरिज एकदिवसीय वा टि–२० कुन फरम्याटमा हुने भन्नेबारे छलफल गर्न बाँकी छ ।