भाडा बृद्धिको माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित

काठमाडौं । ढुवानी भाडा बृद्धिको माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् ।

महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा शुक्रबार जारी विज्ञप्तिमा ढुवानी भाडा समायोजनको माग पुरा गर्न निगमलाई आइतबारसम्म साँझसम्मको समय सीमा तोकिएको छ ।

‘सञ्चालक समितिमा विचाराधीन भाडा समायोजनको मुद्दा आइतबारसम्म सम्बोधन नभए साउन २१ गतेबाट देशभरको पेट्रोलियम ढुवानी रोक्ने छौं,’ विज्ञप्तिमा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार