गठबन्धनका अन्य दलहरूमा इमानदारिता देखिएन : माधव नेपाल
'नामको मात्रकाे कम्युनिष्ट हुनुभन्दा कांग्रेस हुन ओलीलाई सुझाव'
डोटी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् ।
एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा अपेक्षा गरे अनुसारको नतिजा नआएको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुने थियो ।’
उनले गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको बताए ।
अबको संघ र प्रदेशको निर्वाचनमा राम्रो नतिजा हासिल गर्ने नेपालको भनाइ छ । उनले नामको मात्र कम्युनिष्ट पार्टी हुनुभन्दा नेपाली कांग्रेस राम्रो भएको बताए । आफूहरूले सच्चा कम्युनिष्ट पार्टी बनाउन खोजेको नेपालको दाबी छ।