नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थ मन्त्रालयमा फर्किने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्नेछ । राष्ट्रपति कार्यालयले साँझ ५ बजे शपथको तयारी गरेको छ।
बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थमन्त्रालयभित्र लिएर करका दरमा हेरफेर गरेको भन्दै विवादमा आएपछि उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । ब तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो ।