अर्थमन्त्रीमा शर्मालाई नै नियुक्त गर्ने प्रस्ताव लिएर प्रचण्ड पुगे बालुवाटार

'आजै साँझ सपथ गर्ने तयारी'

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ। प्रचण्ड अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै नियुक्त गर्ने प्रस्ताव लिएर बालुवाटार पुगेका हुन् ।

उनले आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्ने आग्रह गरेका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार