जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ– ललितपुरको बालकुमारीमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प ३१४३ नम्बरको मोटरसाइकललाई गएराती १० बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौंको दक्षिणकाली नगरपालिका– ८ का ३१ वर्षीय आषिश लामाको उपचारका क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा राती ११ बजे मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिएर जिप सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी प्रभाग इमाडोलले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार