सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा ७ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँ कायम थियो ।

तेजाबी सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार