जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जिप आज बिहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार दुर्घटनामा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवाको मृत्यु भएको हो। जिपमा अन्य पाँच जना यात्रु सवार थिए। अन्य सकुशल रहेको प्रहरीले जनाएको छ।
उनले जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने बताए। जिप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भइरहेको छ।