शहीद स्मारक ‘सी’ डिभिजन लिग : चर्च ब्वाइज लगातार विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड लगातार तेस्रो खेलमा विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले स्वयम्भू क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै समूह ’बी’ मा रहेको चर्च ब्वाइजले तीन खेलमा नौ अङ्क जोडेको छ । स्वयम्भूको यो दोस्रो हार हो । स्वयम्भूले तीन खेलमा तीन अङ्क मात्र जोडेको छ ।

झापाको पहिलो जीत
सातदोबाटोमै आज सम्पन्न अर्को खेलमा झापा एफसीले पहिलो जीत निकालेको छ । झापाले समाज कल्याण खेलकूद केन्द्रलाई २–० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै झापाले तीन खेलमा तीन अङ्क जोडेको छ । झापाले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो । यस्तै समाज कल्याणले तीन खेलमा ६ अङ्क जोडेको छ । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार