कम्युनिटी शिल्डको उपाधि लिभरपुललाई

 

काठमाडौं– म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराउँदै शनिबार राति लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । लेस्टरमा भएको खेलमा लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल गरे ।

खेलमा लिभरपुलले अग्रता लिएको थियो । पहिलो हाफमा १(० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

गत सिजन सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार