माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
'पोलिटब्युरो पूर्णता र अर्थमन्त्री चयनलगायतका विषयमा छलफल हुने'
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा स्थायी कमिटी, पोलिटब्युरो पूर्णता र अर्थमन्त्री चयनलगायतका विषयमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि नभएकोले उनैलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिने पार्टीको तयारी छ । अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गराएको आरोप लागेपछि शर्माले राजीनामा दिएका थिए ।