जुम्लामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्ला– जिल्लाको कनकासुन्दरी गाउँपालिका १ बुलबुलेमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। विहान करिव साढे ६ वजे दुर्घटना भएको हो ।

मृत्यु हुनेमा राराछायानाथ नगरपालिका मुगुका दिपक तिरुवा रहेका छन् । गाडी सुर्खेत बाट मुगुका लागि छुटेको थियो । लु १ ज ३७३४ नम्बरको गाडी बेक्र फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्रचन्दले बताए ।

उनका अनुसार ड्राइभर घाइते छन् । कानकासुन्दरी गाउँपालिका १ जुम्लाका हुन । उनलाई प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ। गाडीमा ५ जना यात्रु सवार थिए। अरु सकुशल रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार