नेपालाई त्रिदेशीय फुटबल सिरिजमा सहभागी हुन प्रस्ताव

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीलाई दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि एसियाली राष्ट्र ब्रुनाई दारुस्सलमको फुटबल संघले प्रस्ताव गरेको छ ।

ब्रुनाईले आफ्नो नयाँ रंगशालाको उद्घाटनको अवसरमा नेपाल र लाओसलाई आमन्त्रण गर्दै त्रिपक्षीय फुटबल सिरिज आयोजना गर्न प्रस्ताव अघि सारेको हो । फिफा मितिमा हुने अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलका लागि नेपाललाई गत साता नै ब्रुनाईले प्रस्ताव गरेको हो ।

प्रस्ताव अनुसार असोज ५ गते लाओस र नेपालको खेल, असोज ८ गते ब्रुनाई र नेपाल तथा असोज ११ गते ब्रुनाई र लाओसको खेल गर्ने तालिका प्रस्ताव गरिएको छ । आयोजक राष्ट्र ब्रुनाईले स्थानीय बसोबास, खानपिन र आवतजावत सम्पूर्ण खर्च बेहोर्ने बताएको छ । अन्तर्राष्ट्रिय हवाई यात्राबारे भने प्रस्तावमा केही उल्लेख छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार