जसपाद्वारा निर्वाचन अभियान तयारी समिति गठन

काठमाडाैँ- जनता समाजवादी पार्टी नेपालले आगामी संघ तथा प्रदेशको चुनावलाई लक्षित गरी निर्वाचन अभियान तयारी समिति गठन गरेको छ । सो अभियान समितिमा सातवटै प्रदेशका प्रतिनिधि समावेश रहेका छन् ।

समितिमा प्रदेश १ बाट नवराज गुरुङ, मधेश प्रदेशबाट चन्देश्वर सदा, वागमती प्रदेशबाट पञ्चलाल महर्जन, गण्डकी प्रदेशबाट शर्मिला थापामगर, लुम्बनी प्रदेशबाट मनिका कार्की, कर्णाली प्रदेशबाट बलिराज शाही र सुदूरपश्चिमबाट भिम थापा र हेमन्त मान्दव्य रहेका छन् भने सचिवालय सचिवमा सीपी सिंहलाई राखिएको छ ।

उनीहरु सबैजना केन्द्रीय सदस्यहरु हुन् । अगामी चुनावमा जोजो चुनाव लड्दैनन् ती व्यक्तिहरुलाई यो समितिमा राखिएको बताइएको छ । प्रत्यक्ष चुनाव नलड्ने तथा अधिकांश समय काठमाडौँ रहने नेतालाई सो समितिमा राखिएको छ । पार्टीले तयार गरेको निर्वाचन समिति निर्देशिकालगायत अन्य निर्णयहरुलाई कार्यान्वयन गर्नुको साथै पार्टीको तर्फबाट निर्वाचन आयोगसँग समन्वय गर्ने काम यही समितिले गर्ने समितिका सचिवालय सचिव सीपी सिंहले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार