साफ यू–२० च्याम्पियनसिप : बंगलादेशले लगातार तेस्रो जित

भारतमा जारी साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा बंगलादेशले लगातार तेस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै लगातार तेस्रो जित निकालेको हो ।

बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले ह्याट्रिक पूरा गरे । मोहमद राफिकुल इस्लामको नाममा एक गोल रह्यो । माल्दिभ्सका जेइन जाफरले एक गोल फर्काए ।यस जितसँगै बंगलादेशले ३ खेलमा ९ अंक ओडेको छ ।बंगलादेश शीर्ष स्थानमा उक्लिएको छ । भने नेपाल दोस्रो स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार