हिताचीले नेपाली बजारमा नयाँ उत्पादन ल्याउने घोषणा

नयाँ प्रविधि तथा विद्युतीय र घरायसी उपकरणमा विश्वप्रसिद्ध ब्राण्ड हिताचीले नेपाली बजारमा नयाँ उत्पादनहरु ल्याउने भएको छ । शुक्रबार एक कार्यक्रममा कम्पनीले चारवटा विभिन्न उत्पादन बजारमा ल्याउने घोषणा गरेको हो । नयाँ उत्पादनहरुमा फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनर रहेका छन् ।

बिक्रीपछिको राम्रो सेवासहित ग्राहकलाई नयाँ आविस्कारी प्रविधिहरु दिने बताउँदै कम्पनीले गुणस्तरमा प्रतिस्पर्धा गर्न आफूहरु तयार रहेको बताएको छ । रमेश कर्पअन्तर्गतको युनिभर्सल इलेक्ट्रोकम प्रालि नेपालको लागि हिताची होम अप्लायन्सेज (घरायसी उपकरण)को आधिकारीक वितरक हो ।

कार्यक्रममा एएचएसजीका प्रबन्ध निर्देशक चेन टेक बेङ, व्यापार विकास विभागका महाप्रबन्धक तरुण जैन र सोही विभागका वरिष्ठ प्रबन्धक एलविन वाम उपस्थित थिए ।

रमेश कर्पका कार्यकारी निर्देशक संजय अग्रवालले आफूहरु नेपाली बजारमा तीन बर्षभित्रमा नम्बर वान हुने दावी गरेका छन् । उनले भने, ‘गुणस्तरीय सामान बिक्री गर्ने र ग्राहकलाई बिक्री पछिको सेवा दिने कुरालाई कडाईका साथ पालना गछौं ।’
नयाँ उत्पादनहरु २०२२ को अन्तिदेखि मात्रै बजारमा उपलब्ध हुने बताइएको छ ।
त्यस्तै हिताचीका प्रबन्ध निर्देशक चेन टेक बेङले रमेश कर्पसँगको व्यापार साझेदारीले हिताची होम अप्लाइन्सलाई नेपालका कुना कुनामा बिस्तार गर्ने बताएका छन् ।
पचास वर्षअघि स्थापना भएको रमेश कर्प नेपालको ठूलो औद्योगिक तथा व्यापारिक समूहको रुपमा स्थापित छ । रमेश कर्पको नेपालमा उत्पादन, वित्तिय सेवा, घरजग्गा, जलविद्युत, खानी, मोवाइल फोन आदि क्षेत्रमा लगानी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार