हनि ट्रयापमा पारेर पुरुषसँग रकम बार्गेनिङ गर्ने दम्पती पक्राउ

काठमाडौँ– फेसबुकमार्फत हनि ट्रयापमा पारेर पुरुषसँग रकम बार्गेनिङ गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु घर भई भक्तपुरको बालकोट बस्ने २४ वर्षका शेखर बास्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत छिन् ।

साउन १२ मा दम्पतीलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो । फेसबुकमार्फत साथी बनेर फोनको आदान प्रदान गरेर समन्वय गराई उनीहरुले झुटा मुद्दा लगाउने र फसाउने त्रास देखाएर मोल मोलाइ गर्ने गरेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार