तत्काल समाजवादी केन्द्र बन्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । पार्टीसम्वद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै उनले पाँचदलीय गठबन्धनमा रहेका विचार मिल्ने दलहरुबीच चुनावी मोर्चा बनाउन भने आफूहरु सम्वादमा रहेकोबताए ।

प्रचण्डले भने, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । त्यसरी छलफल भएको होइन, छैन ।’

चुनावी मोर्चा बनाउने र पर्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्रमा जान सकिन्छ कि भनेर आफूहरुबीच छलफल भने भइरहेको उनले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार