एसपीपीबारे अमेरिकालाई पठाएकाे पत्र सार्वजनिक गर्न माग

'परराष्ट मन्त्री खड्का भन्छन्- विश्वास गर्नुहाेस्'

काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्रामलाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । प्रतिनिधिसभामा शुक्रबार जानकारी दिँदै मन्त्री खड्काले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकी सरकारलाई लिखित जानकारी पठाइएको जानकारी संसद्लाई दिएका हुन् । पत्राचारको विषयमा आन्तरिक परामर्श गर्नुपर्दा केही समय लागेको मन्त्री खड्काको भनाइ थियो ।

यस्तै बैठकमा अमेरिकालाई पठाइसकेको भनिएको पत्र सार्वजनिक गर्न सांसदहरूले माग गरेका छन् । त्यसकाे जवाफ दिने क्रममा मन्त्री खड्काले  मन्त्रिपरिषद्ले गरेको निर्णय र मन्त्री स्वयंले सदनको रोस्टममा उभिएर बोलेको कुरालाई विश्वास गर्न सांसदहरूलाई अनुरोध गरेका छन् ।

सदनमा पटकपटक गत ६ असारमा सरकारले एसपीपीमा सहभागी नहुने भनेर गरेको निर्णयबारे अमेरिकालाई जानकारी किन नगराएको भनेर प्रश्न गरिरहेका थिए । आज त्यसको जवाफ दिँदै मन्त्री खड्काले उक्त पत्र ९ साउनमा नै कूटनीतिक च्यानलमार्फत पठाइसकेको जानकारी दिएका थिए ।

त्यसपछि एमाले सांसद भीम रावल र शिवमाया तुम्वहाम्फेलगायत २० जना सांसदले उक्त पत्र सार्वजनिक गर्नुपर्ने आवाज उठाएपछि मन्त्री खड्काले उक्त जवाफ दिएका हुन् । ‘यसले राज्य सञ्चालन, स्वतन्त्र र स्वाधिन राष्ट्रलाई अगाडि बढाउन सघाउ पुर्‍याउँदैन,’ उनले भने, ‘मन्त्री नै आएर बोलेपछि विश्वास गर्नुपर्छ ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार