निर्मला पन्तको हत्यामा संलग्नलाई सरकारले किन लुकाउँदैछ ?

काठमाडाैँ- नेकपा एमालेकी सांसद निरुदेवी पालले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएको चार वर्ष बितिसकेको उल्लेख गर्दै अझै हत्यारा पत्ता लाग्न किन नसकेको भनेर प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा उनले अहिले सरकारको नेतृत्व गरेको दलकै नेता तथा कार्यकर्ताले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई केपी ओली नेतृत्वको सरकारले लुकायो भन्ने आरोप लगाएको स्मरण गराइन् ।

त्यसरी आरोप लगाउने नेता तथा कार्यकर्ताको दलले नै अहिले सरकारको नेतृत्व गरेको एक वर्षभन्दा बढी भइसक्दासमेत निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई किन पक्राउ गर्न नसकेको भनेर उनले प्रश्न गरिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार