पोखरामा आजदेखि महानगरका मेयरहरूकाे सम्मेलन सुरू

काठमाडौं । पोखरामा आज शुक्रबारदेखि महानगरका मेयर सम्मेलन सुरू हुँदैछ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, वीरगञ्ज र पोखरा महानगरको सहभागिता रहने छ । नयाँ मेयरहरुले पदभार सम्हालेको भर्खर डेढ महिना पुगेको छ ।सम्मेलनबाट काम गर्ने शिलशिलामा अनुभव गरिएका वैधानिक तथा कानुनी अडचनहरुबारे छलफल गरेर नयाँ कानुनका लागि प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्ने बुझिएको छ ।

महानगरहरुले हालसम्म गरेका कामहरुका अनुभव आदान प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताइएको छ । ६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पुरानै मेयर छन् भने अरु सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका छन् । पुराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्ययोजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार