पूर्वी युक्रेनमा रूसी सेनाकाे आक्रमण तीव्र

युक्रेनी सेना दक्षिणी शहर खर्सोन फिर्ता लिन अघि बढेपछि रुसी सेनाले उत्तर तथा पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाएको छ ।रुसी सेनाले युक्रेनी राजधानी किभलगायतका शहरमा आक्रमण तीव्र बनाएको हो ।

युक्रेको मध्य क्षेत्रको शहर क्रोपिभ्नित्स्की शहरमा रुसी मिसाइल आक्रमणबाट कम्तिमा ५ जनाको मृत्यु भएको छ । सोही आक्रमण परी २६ जना घाइते भएको युक्रेनी अधिकारीहरुले बताएका छन् । पूर्वी शहर बाखमतमा ३ जनाको मृत्यु भएको छ । राजधानी किभ नजिकै रुसी आक्रमणबाट १५ जना घाइते भएका छन् ।

खर्सोन पुनः नियन्त्रण गर्ने उदेश्यले युक्रेनी सेनाले खर्सोनको मुख्य पुलमा अमेरिकाले दिएको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेपछि रुसी सेनाले अन्यत्र आक्रणमा बढाएको हो । युक्रेनले खर्सोनको एन्टोनिभिस्की पुलमा प्रहार गरेकाले रुसी सेना त्यहाँबाट अन्यत्र जान अप्ठेरोमा परेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार