लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

झापा- पूर्वी नाका काँकडभिट्टाको मेची पुलबाट लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत पूर्व सिक्किम निवासी ३० वर्षीय मेगवीर लिम्बू र उनकै भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

उनीहरूको साथबाट तीनवटा मोबाइल समेत फेला परेको छ । इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ काँकडभिट्टा स्थित पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूमाथि शङ्का लागेर चेकजाँच गर्दा लागुऔषध खैरो हेरोइन जस्तो देखिने ७ ग्राम लिसाईलो पदार्थ बरामद गरेको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार