पोखराबाट काठमाडौं उडेको यतीको इन्जिनमा खराबी, आकस्मिक अवतरण गरियाे

काठमाडाैँ- पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ ।

यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।

पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः ५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो । उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार