नेपालमा बाघको संख्या ३ सय ५५ पुग्याे
'बाघ पाइने १३ मुलुक मध्ये नेपाल लक्ष्य पुरा गर्ने पहिलाे राष्ट्र'
काडमाडाैँ- नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ।
सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ९३ बाट बढेर १ सय २५ पुगेको छ। यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ बाट बढेर १ सय २५ पुगेको छ।यस्तै पर्सा निकुञ्जमा १८ बाट बढेर ४१ पुग्दा शुक्लाफाँटा निकुञ्जमा १६ बाट ३६ पुगेको छ। त्यस्तै बाँके निकुञ्जमा २१ बाट बढेर २५ पुगेको छ ।
विश्व बाघ दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले यो सङ्ख्या सार्वजनिक गरे। यसअघि सन् २०१८ मा नेपालमा २३५ वटा बाघ रहेका थिए। सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ मुलुकबीचको सम्मेलनले २०२२ सम्म दोब्बर पार्ने लक्ष्य लिएको थियो। सो लक्ष्य पुरा गर्ने नेपाल पहिलो राष्ट्र बनेको छ।