आज विश्व बाघ दिवस

काठमाडाैँ- आज विश्व बाघ दिवस । ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसर पारेर आज नेपालमा बाघको सङ्ख्या र अवस्था सार्वजनिक गरिँदैछ ।

दिउँसो ३ बजे सङ्ख्या बाघको सङ्ख्या र अवस्थाबारेको प्रतिवेदन सार्वजनि गर्ने तयारी भएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिए । नेपालले गएको मंसिरदेखि फागुनसम्म बाघ गणना गरेको थियो ।

नेपालले झन्डै एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ भित्र नेपालमा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । सन् २००९ मा भएको गणना अनुसार नेपालमा बाघको सङ्ख्या १ सय २१ थियो । सन् २०१८ मा नेपालमा बाघको सङ्ख्या २ सय ३५ पुगेकाले प्रतिबद्धता पूरा हुने अनुमान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार