सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ– सयपत्री हाइड्रोपावरले आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो। यसमध्ये ५५ अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २५ अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ। यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार