डोटीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाकी ४० वर्षीया मान्मा विकको ज्यान गएको छ ।

गएराति घरायसी विवाद हुँदा श्रीमान् ४८ वर्षीय पहेलु विकले कुटपिट गर्दा श्रीमती मान्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

कुटपिटबाट श्रीमतीको ज्यान गएपछि पहेलु विक फरार रहेका र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार