बाबुराम भट्टराईकाे नेतृत्वमा नेपाल समाजवादी पार्टी आयोगमा दर्ता

'चुनाव चिन्ह खुलेको एक आँखा'

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। समावेशी लोकतान्त्रिक पार्टी बाबुरामनिकट पूर्वविद्यार्थी नेता दीपक लामिछानेको नाममा दर्ता थियो। उक्त पार्टीको नाम परिर्वतन गरी नेपाल समाजवादी पार्टी दर्ता गरिएको हो ।

चुनाव चिन्ह भने खुलेको एक आँखालाई नै निरन्तरता दिइएको छ। यो चुनाव चिन्ह पहिले नयाँ शक्तिको थियो।

जसपा संघीय परिषदबाट हटेपछि बाबुराम नयाँ पार्टी गठनमा जुटेका हुन्। निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भए पनि यसमा अध्यक्षलगायत केन्द्रीय सदस्य भने अद्यावधिक भइसकेका छैनन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार