अमेरिकी सहायक विदेशी मन्त्री लुलाई विप्लव कार्यकर्ताले देखाए कालो झण्डा

काठमाडौँ– नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लुलाई विप्लव नेतृत्वको नेकपाले कालो झण्डा देखाएको छ । दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका लुको टोलीलाई विप्लब कार्यकर्ताहरुले गौशालामा कालो झन्डा देखाएका थिए।

मन्त्री लु गौशाला हुँदै होटल जाने क्रममा कालो झन्डा देखाएका थिए । कालो झण्डा देखाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसीसी, एसपीपी खारेजीको माग राख्दै उनीहरुले कालो झण्डा देखाएका हुन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार