नागरिक शिक्षित नभए देश समृद्धि हुँदैन : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले शैक्षिक बेरोजगारी घटाउन प्राविधिक शिक्षालयहरुले योगदान गर्न सक्ने बताएका छन् । पनौती नगरपालिका–४, डिहीगाउँमा बिहीबार नेपाल भोकेसनल सेन्टरको भवन शिलान्यास गर्दै पूर्वराष्ट्रपति डा. यादवले नेपालमा शैक्षिक बेरोजगार बढिरहेको बताए । नागरिक शिक्षित नभए देश विकसित नहुने उनले तर्क गरे ।

नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जले प्राविधिक शिक्षालय देशका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले जर्मनमा विद्यालय जीवन पार गरेका ५० प्रतिशत युवाले प्राविधिक तालिम लिने गरेको उल्लेख गरे ।
पनौती नगरप्रमुख रामशरण भण्डारीले पनौतीमा स्थापना भएको सेन्टर नगरको गौरवको विषय र सम्पति भएको भन्दै त्यसको संरक्षण गर्ने प्रतिबद्धता जनाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार