उत्तमको निर्देशन रहेको ‘चौतारीमा लर्के वर’ सार्वजनिक

काठमाडौँ– तीज गीत ‘चौतारीमा लर्के वर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । अम्बिका वस्नेतको शब्द, प्रस्तुति रहेको उक्त गीत चुईचुई पारेर टिभी च्यानलबाट सार्वजनिक भएको हो ।

जसमा स्वर रामकुमार नेपाली र अम्वीका वस्नेतको छ। गीतमा लय शारदा रसाईली, संगीत सम्योजन नारायण दंगाल, छायांकन राम केसी, संम्पादन, रंगसंयोजन राजकुमार मगर, श्रृंगार सपना लम्साल, नृत्य निर्देशक नरेर श्रेष्ठ, निर्देशक उत्तम केसी नेपालको रहेको छ ।

भिडियोमा संचारकर्मी शोभा त्रिपाठी, निक शर्मा, बिपना वस्नेत, देवराज बस्नेत, उत्तम के सी नेपाल लगायतको अभिनय देख्न सकिन्छ । ब्राण्डयू पिक्चर्सका लागि देवराज वस्नेतले निर्माण गरेका गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार