कांग्रेससँगको गठबन्धन कायम राख्दै समाजवादी मोर्चा निमार्ण : प्रचण्ड

'एकता संयोजन समिति बनाउने तयारी'

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धन कायम गर्दै वाम कम्युनिष्टबीच समाजवादी मोर्चा बनाइने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकमा प्रचण्डले अहिलेसम्मको राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए।

‘हामीले चाहेको कम्युनिष्ट एकता तत्काल सम्भव छैन, बरु एकता संयोजन समिति सम्म बन्न सक्छ,’ प्रचण्डको भने । पछिल्लो समय समाजवादी केन्द्र निर्माणबारे छलफल गरिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार