बन्चरेडाँडामा भदौबाट फोहोर फाल्न नदिने स्थानीयको चेतावनी

बन्चरेडाँडा ल्यान्डफिल साइटका बासिन्दाले भदौदेखि फोहोर फाल्न नदिने भएका छन्। बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बिहीबार पत्रकार सम्मेलन गरी भदौ १ गतेदेखि फोहोर फाल्न नदिने जनाएको छ।

सरकार र काठमाडौं महागनरपालिकासँग पटकपटक गरिएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्दा स्थानीय बासिन्दा समस्यामा परेको सरोकार समितिले जनाएको छ। बुधबार रिपोर्टस् क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्थानीय बासिन्दा राजन न्यौपानेले अब फोहोर फाल्न नदिने बताए।

‘खोलामा फोहोरका लिचेड बगेको छ। खेतीपाती गर्न सकिएको छैन । अब यो सहेर बस्दैनौं। भदौ १ गतेदेखि फोहोर बन्द गर्छौं।’

यतिका वर्षसम्म काठमाडौं महागनर र सरकारले राम्रो बाटो समेत नबनाएको उनीहरूको भनाइ छ। अहिलेसम्म सरकारसँग १७४ पटक सहमति भएको अर्का स्थानीय मनोज तामाङले बताए। संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले अब फोहोर फाल्नै बन्द गरिने बताए। जति गर्दा पनि काठमाडौं महानगर र सरकारले वास्ता नगरेपछि अनिश्चितकालका लागि फोहोर फाल्न रोक्ने अवस्थामा पुगेको उनको भनाइ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार