‘एसईईको नतिजा किन खस्कियो, छानबिन गरियोस्’

काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतीजा खस्किएको प्रति सांसदहरूले चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रिय परीक्षा बोर्डले साउन ११ गते सार्वजनिक गरेको नतिजा पछिल्लो पाँच वर्षकै कमजोर भएपछि सांसदहरूले छानबिनको समेत माग गरेका छन्। यो वर्ष परीक्षामा सहभागी करीब पाँच लाखमध्ये जम्मा ४२ जनाले जीपीए (ग्रेड पोइन्ट एग्रिमेन्ट) ४ मा ४ ल्याएका थिए।

राष्ट्रिय सभाको साउन १२ गतेको बैठकमा बोल्दै सांसद प्रकाश पन्थले भने, ‘विद्यालयले मूल्याङ्कन गर्दा नौ हजारभन्दा बढी थिए, अहिले ४२ जनाको मात्रै आयो, कहाँ, किन र कसरी यस्तो फरक गर्न गयोरु छानबिन अनुसन्धान होस्।’

कमजोर जीपीए ल्याएका विद्यार्थीका लागि सीपमूलक तालीम वा व्यावसायिक अवसर प्रदान गर्न सरकारको ध्यानकर्षण गराए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार