दिनदहाडै पैसा लुटेर भागेका दुई युवा पक्राउ

जनकपुरधाममा दिनदहाडै पैसा लुटेर भागेका युवा पक्राउ परेका छन्। बैंकबाट पैसा झिकेर घर फर्किने क्रममा एक महिलाको दुईलाख रुपैयाँ लुटिएको घटनामा संलग्न रहेका दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

सोमबार दिउँसो धनुषाको सवैला नगरपालिका वडा नम्बर–४ पटेर्वा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ बस्ने शर्मिला देवी यादवको साथबाट दुईलाख रुपैयाँ लुटेका धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र सोही ठाउँ बस्ने २१ वर्षीय दिपेन्द्र मण्डललाई प्रहरीले सार्वजानिक गरेको हो।

​जनकपुरधामको मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका उनीहरूले शर्मिलाको साथमा रहेको रकम लुटेर फरार भएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार