पाल्पामा जिप दुर्घटना, दुई जना घाइते

पाल्पा– रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित झिरुबासमा बिहीबार जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन्।

भुवनपोखरीको अमिलेबाट जिल्लाको सदरकुमाम तानसेनतर्फ आउँदै गरेको लु१ज २१६९ नम्बरको जिप बिहान दुर्घटना हुँदा अमिलेका ५९ वर्षीया जुनकला पोखरेल र ४६ वर्षीया कमला आले घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनका अनुसार जुनकलाको अवस्था गम्भीर छ। उनको टाउकोमा चोट लागेको छ। घाइते दुवैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

ओरालो सडकमा रोकेर सामान झार्ने क्रममा जिप एक्कासि गुडेर दुर्घटना भएको थापाले बताए। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार