बञ्चरेडाँडामा तनाव : स्थानीयले रोके फोहोर बोकेका गाडी

'सडक निर्माण पूरा नहुँदासम्म फोहोर फाल्न नदिने'

काठमाडौं– बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयवासीले पुन अवरोध गरेका छन् । काठमाडौं महानगरको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेर अवरोध गरेका हुन् ।

महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न सकेको छैन । फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको छ ।

काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने भन्दै सूचना जारी गरेको थियो ।

आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको थियो । सोही अनुसार बिहान फोहोर बोकेका गाडीहरु बञ्चरेडाँडा हिंडेका थिए । स्थानीयवासीले सडक निर्माण पूरा नहुँदासम्म फोहोर नल्याउन आग्रह गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार